नेप्सेमा ३५.५५ अंकको वृद्धि, १७ अर्ब २६ करोडको सेयर कारोबार !

मंगलबार नेप्से परिसूचक ३५.५५ अंकले बढेर २,६९६.६५ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२९ कम्पनीको कुल ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता सेयरको करिब १७ अर्ब २६ करोड ६३ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १८९ कम्पनीको सेयर मूल्य बढेको छ, ४७ कम्पनीको मूल्यमा गिरावट छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कारोबार भएका ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा प्रोग्रेशिभ फाइनान्स लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेड, बरुण हाइड्रोपावर लिमिटेड र नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा एशियन हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६० करोड १० लाख बराबरको सेयर कारोबार भएको छ।भोल्यूमका आधारमा कुमारी बैँक लिमिटेडको सबैभन्दा धेरै कारोबार भयो।

Comments

Back to top