नेप्से इन्ट्राडे अपडेट: ३०.३४ अंकको गिरावट!
मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक ३०.३४ अंकले घटेको छ।
दुई घण्टामा नेप्से ३०.३४ अङ्कले घटेर २,६३०.७५ मा आएको हो। ३११ कम्पनीको १९,८६१,९७७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ८ अर्ब ९ करोड ६२ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा प्रोगेशिभ फाइनान्स लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा एशियन हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.६६% ले घटेको छ।
Comments