नेप्सेमा २०.४६ अंकको गिरावट, १९ अर्ब ६० करोडको सेयर कारोबार !

सोमबार नेप्से परिसूचक २०.४६ अंकले घटेर २,६६१.०९ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२५ कम्पनीको कुल ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयरको करिब १९ अर्ब ६० करोड ९१ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ७० कम्पनीको सेयर मूल्य बढेको छ, १६८ कम्पनीको मूल्यमा गिरावट छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कारोबार भएका ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा नेपाल फाइनान्स लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.७७ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा आरम्भ चाैतारी लघुवित्त वीत्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.३५% ले घटेको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्टस लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६१ करोड १२ लाख बराबरको सेयर कारोबार भएको छ।भोल्यूमका आधारमा कुमारी बैँक लिमिटेडको सबैभन्दा धेरै कारोबार भयो।

Comments

Back to top