नेप्से ११३.४२ अंकले बढ्यो, १५ अर्ब ८१ करोडको सेयर कारोबार !

आइतबार नेप्से परिसूचक ११३.४२ अंकले बढेर २,६८१.५६ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१८ कम्पनीको कुल ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयरको करिब १५ अर्ब ८१ करोड ५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १४८ कम्पनीको सेयर मूल्य बढेको छ, ८७ कम्पनीको मूल्यमा गिरावट छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कारोबार भएका १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन १२ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा गणति लघुवित्त वीतीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.३५% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा कुमारी बैँक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड १० लाख बराबरको सेयर कारोबार भएको छ। 

Comments

Back to top