वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई दिने क्षतिपूर्ति १० लाख पुर्‍याइने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्री डिपी अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति बढाउने तयारी गरिएका बताएका छन् ।

श्रम मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सय दिनको उपलब्धि सुनाउँदै श्रम मन्त्री अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारलाई दिँदै आएको क्षतिपूर्ति रकम ७ लाखबाट बढाएर १० लाख पुर्‍याउने तयारी गरेको बताएका हुन् । ‘वैदेशिक रोजगारीमा गएर मृत्यु हुने श्रमिकका परिवारलाई १० लाखसम्म पुर्‍याउने प्रस्ताव मन्त्रालयले अघि बढाएको छ ।’ उनले भने ।

उनले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनका उपलब्धि सुनाउँदै मन्त्रालयबाट तत्काल सुधारका र नीतिगत सुधारका कामहरू भएको बताए । ‘श्रम स्वीकृति लिने प्रक्रियालाई चुस्त बनाएर एक घण्टाभित्रै श्रम स्वीकृति लिन सकिने व्यवस्था गरेका छौँ, उनले भने, ‘यद्यपि, सोचेजस्तो हुन सकेका छैन, सुधारको काम बाँकी छ ।’

यस्तै श्रमिकका लागि श्रमाधान योजना अघि बढाएको बताए । जस अन्तर्गत श्रमिकको गुनासो सुन्न र जिज्ञशा मेटाउन श्रमाधान कल सेक्टर सुरु गरेको बताए । उनले अझै स्तरीय र प्रभावकारी बनाउने काम भइरहेको सुनाए ।

यस्तै युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्देश्यले मन्त्रालयले देशभरका सातैवटा प्रदेशमा श्रमाधान रोजगार मेला सञ्चालन गरिएको बताए ।

एजेन्सी

Comments

Back to top