अल्टिमाको नयाँ प्रडक्टमा आइएमई पेमार्फत भुक्तानी गर्दा छुट पाइने
नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले यही माघ महिना देखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक १ को खेल सार्वजनिक गरेको छ ।
यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आबद्ध भई १ रुपैयाँको खेल सुरु गरेको हो । साथै खेलको उपहारस्वरूप १० वटा अल्टिमाको प्रडक्टहरू राखेको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूले १ रुपैयाँमा आफूलाई मनपर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन् ।
यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट-अल्टिमा बुम १६१ क्यु मा पनि आइएमई पे मार्फत खरिदमा छुट दिने जानकारी सार्वजनिक गरेको छ ।
Comments