सिटिजन्स बैंकको नाफा ७८ करोड २७ लाख
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७८ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत वर्षको यसै अवधिमा भन्दा ६.९६ प्रतिशतले कम हो । गत वर्ष यो बैंकले ८४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
सिटिजन्स बैंकको खुद ब्याज आम्दानी ०.२७ प्रतिशतले घटेर २ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ ।
यता, सञ्चालन नाफा १ अर्ब १९ करोडबाट घटेर १ अर्ब ८ करोडमा झरेको छ । सञ्चालन नाफा र खुद ब्याज आम्दानी घट्दा खुद नाफा पनि घटेको हो ।
यसको इम्पेयरमेन्ट चार्ज ६१ करोड ९२ लाखबाट बढेर ८५ करोड ९५ लाख रुपैयाँ पुगेको छ । यसको वितरणयोग्य नाफा ऋणात्मक छ । यस बैंकको खराब कर्जा दर २.९९ प्रतिशत विन्दुबाट बढेर ४.०७ प्रतिशतमा पुगेको छ ।
हाल यस बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ६ अर्ब ७७ करोड रुपैयाँ जम्मा रहेको छ ।
यस बैंकको प्रतिसेयर आम्दानी ८३ पैसाले घटेर ११ रुपैयाँ २ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ २० पैसा रहेको छ ।
Comments