हिमालयन बैंक लिमिटेडको अध्यक्षमा पुन: प्रचण्डबहादुर श्रेष्ठ चयन
हिमालयन बैंक लिमिटेडको अध्यक्षमा पुन: प्रचण्डबहादुर श्रेष्ठ चयन भएका छन । कम्पनीको साधारण सभा पछि बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई दोस्रो पटकका लागि पनि सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।
आगामी चार वर्षका लागि बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त भएका हुन् । पुस २९ गते सम्पन्न साधारण सभाले संचालक समितिमा संस्थापक शेयरधनीबाट श्रेष्ठलाई चयन गरेको थियो ।
संस्थापक शेयरधनीबाट श्रेष्ठ, फरहान तलिव, जितेन्द्र धिताल,सुनिल बहादुर थापा र प्रताप जंग पाण्डे निर्बिरोध निर्वाचित भएका छन।
साथै सर्बसाधारण शेयरधनीको तर्फबाट आशिष शर्मा निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष श्रेष्ठले बैंकको सेवा तथा सुविधाहरुलाई समयानुरुप आकर्षक एवं गुणस्तरीय बनाउने तर्फ बैंक निरन्तर प्रयासरत रहने पनि बताएका छन् ।
Comments