नेपाल एसबिआई बैंकका ग्राहकलाई ओम कृष्ण अस्पतालमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई कैलालीको टीकापुरस्थित ओम कृष्ण अस्पताल एन्ड रिसर्च सेन्टर प्रालिमा छुट पाउने भएका छन्।

बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकलाई लक्षित गरी ओम कृष्ण अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोगबापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो।

सम्झौतापत्र सूदूरपश्चिम प्रदेश प्रमुख सन्तोषकूमार भण्डारी तथा अस्पतालकी अध्यक्ष रत्ना उपाध्याय (बजगाईं)ले हस्ताक्षर गरेका छन्।

सम्झौता हस्ताक्षर कार्यक्रममा अस्पतालका तर्फबाट कृष्णप्रसाद उपाध्याय बजगाईं तथा बैकका कर्मचारीहरुको पनि उपस्थिति थियो।

Comments

Back to top