नेपाल क्लियरिङ हाउस र नेप्स एकआपसमा गाभिने
नेपाल क्लियरिङ हाउस (एनसीएचएल) र नेप्स एकआपसमा गाभिने भएका छन् । एनसीएचएलको १५औं वार्षिकोत्सवका अवसरमा आयोजित औपचारिक कार्यक्रममा एनसीएचएल र नेप्स बीच मर्जरसम्बन्धी प्रारम्भिक साझेदारी भएको छ ।
८ पुस २०६५ मा स्थापित एनसीएचएलले आईपीएस, आरपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, कनेक्ट आरटीजीएस, नेसनल पेमेन्ट इन्टरफेस, नेपाल पे क्यूआरजस्ता राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ ।
हाल एनसीएचएलले एनपीएसअन्तर्गतको नेसनल कार्ड स्विच र नेपालपे डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ । ५३ भन्दा बढी बैंक वित्तीय संस्थाहरु र ९५ भन्दा बढी अन्य संस्था/निकायहरुले एनसीएचएलको प्रणाली प्रयोग गर्दै आएका छन् ।
त्यस्तै १८ फागुन २०६९ मा स्थापित नेप्सले विभिन्न बैंक वित्तीय संस्थाहरुको लागि केन्द्रिकृत रुपमा कार्ड जारी गर्ने, स्वीकार गर्ने र कारोबार सम्पन्न गर्न आवश्यक प्रशोधन गर्ने कार्य गर्दै आएको छ ।
Comments