यार्सा टेकले जित्यो इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२३

ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले “यार्सा टेक प्रालि” लाई “इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२३“ को विजेता घोषणा गरेको छ । इनड्राइभले, प्रतिष्ठित आईसीटी अवार्ड २०२३ को लागि साझेदारी गरेको थियो, जसले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा उत्कृष्ट उपलब्धिहरूलाई मान्यता दिने आफ्नो प्रतिबद्धतालाई जनाएको छ ।

इनड्राइभ, प्राविधिक विकासहरू तथा ड्राइभिङको लागि प्रतिबद्धताका लागि प्रख्यात रहेको छ र आईसीटी अवार्ड २०२३ सँग आफूलाई साझेदारी गर्न पाउँदा गौरवान्वित छ, जसले सकारात्मक विचार र नवीन स्टार्टअपहरू मनाउने प्लेटफर्मको रूपमा काम गर्दछ ।

इनड्राइभका एपीएसीका पीआर लिड पवित नन्दा आनन्दले भनिन्, “इनड्राइभले आईसीटी अवार्ड २०२३ संग साझेदारी गर्न पाउँदा सम्मानित महशुस गरेको छ। इनड्राइभले आईसीटी क्षेत्रमा स्टार्टअपहरूका लागि पहिचान र सशक्तिकरणको महत्त्व बुझ्दछ, र अन्तर्राष्ट्रिय मञ्चमा उनीहरूका उपलब्धिहरूलाई प्रकाश पार्ने कार्यक्रममा योगदान दिन पाउँदा हामी गर्व गर्छौं, हामी इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२३ को सबै विजेताहरुलाई पनि बधाई दिन चाहन्छौं।“

Comments

Back to top