सन्तोष कोइराला माछापुच्छ्रे बैंकको सीईओमा पुन: नियुक्त
माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कोइराला नियुक्त भएका छन् ।
बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले कोइरालालाई अर्को कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो ।
बैंकिङ क्षेत्रमा साढे २ दशक भन्दा लामो अनुभव बटुलेका प्रमुख कार्यकारी अधिकृत कोइराला करियरको छोटो समयमै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रूपमा चिनिन्छन् ।
Comments