कुमारी बैंकको नागरिक बचत खातामा आर्कषक छुट तथा अफर प्रदान

कुमारी बैंक लिमिटेडले आउँदै गरेको क्रिस्मस, यःमरी पुन्ही तथा तमु ल्होसारलाई लक्षित गरी नागरिक बचत खातामा आफ्ना ग्राहकको सेवा–सुविधालाई मध्यनजर गर्दै चाडपर्वको अवसरमा आर्कषक छुट तथा अफर प्रदान गर्ने निर्णय गरेको छ।

आउँदो पुस ८ गतेदेखि पुस २० गतेसम्म नयाँ खोलिने खातामा पहिलो १ वर्षसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधाहरु निःशुल्क प्रदान गर्नेछ भने सो खातामा न्यूनतम रकम रु। १ हजार हुनुपर्नेछ। ती सुविधा नागरिक बचत खातामा मात्र लागू हुने बैंकले स्पष्ट पारेको छ।

डिजिटल बैंकिङ सेवालाई प्रोत्साहन गर्नका साथै बैंकिङ सेवामा उत्कृष्टताको आफ्नो परम्परालाई निरन्तरता दिँदै आफ्ना ग्राहक तथा समुदायको समृद्धिमा योगदान पुर्याउन बैंक सदैव तत्पर छ।

 

Comments

Back to top