तरलता अधिक भएपछि १० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न १० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । बैंकले आज (पुस ३ गते) बैंक तथा वित्तीय संस्थाहरुबाट तरलता खिच्न उक्त उपकरण मार्फत १० अर्ब रुपैयाँ तान्न लागेको हो।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । केन्द्रिय बैंकले १४ दिनका लागि उक्त निक्षेप संकलन उपकरण प्रयोग गर्न लागेको हो।

साँवा र ब्याज भुक्तानीका लागि पुस १७ गते तोकिएको छ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण गरिने बैंकले जनाएको छ । बैंक तथा वित्तीय सस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जानेगरी बोल गर्न सक्नेछन् ।

Comments

Back to top