पुस ५ गतेदेखि ७ गतेसम्म नेपाल फाइभ–पी अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

चौथौ नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिको आयोजनामा पुस ५ गतेदेखि ७ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा सो प्रदर्शनी हुन लागेको हो ।

आयोजकका अनुसार प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहने छन् । नेपाल फाइभ पी प्रदर्शनी नेपालभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्ने व्यापार व्यवसायहरूलाई एकै ठाउँमा ल्याएर व्यापार साझेदारी, नवीनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने एक मात्र उद्योग–व्यापार विशेष अन्तर्राष्ट्रिय प्रदर्शनी हो । उक्त प्रदर्शनीमा देशभरबाट बढीभन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता हुने आयोजकको भनाइ छ । प्रदर्शनीमार्फत सो पाँच विधामा सञ्चालन भएका उद्योग र व्यापार व्यवसायहरूलाई निर्यातका नयाँ अवसरहरू, नवीनतम प्रविधिसँग साक्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरूबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकको उद्देश्य छ ।

प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मेसिनरीका उत्पादकहरू, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोल्डिङ मेसिन, प्रिन्टिङ मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेसनरी मेसिनरी, प्रिन्टिङ स्पेर पार्ट्स, पेपर मेसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्ट्स, प्याकेजिङ मेसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादकलगायतका संस्थाहरूको सहभागिता रहने छ । सप्लायर्स र उत्पादकहरूको साझा मञ्च मात्र नभएर नेपाल फाइभ पीले समृद्ध नेपालको रेखाङ्कनमा पनि उत्तिकै योगदान पु¥याउनका साथै संसारभरिका उत्कृष्ट प्रविधि र प्रयासहरूलाई भित्र्याउने आयोजकको दाबी छ ।

Comments

Back to top