नबिल स्टक डिलरको औपचारिक समुद्घाटन
नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेड औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित समुद्घाटन कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य,नबिल बैंककाअध्यक्ष उपेन्द्रप्रसाद पौड्याल लगायतको उपस्थितिमा डिलरको औपचारिक उद्घाटन गरिएको हो।
पुँजी बजार सम्बन्धी नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष हमालले धितोपत्र व्यापारीको रूपमा नबिल स्टक डिलरले आफ्नो गतिविधि सञ्चालनले पुँजीबजारको गुणात्मक विकासमा सहयोग पुग्ने अपेक्षा राखेको बताए।
हमालले पुँजीबजारको विकासमा यो पहल एक उदाहरणीय डिलरको रूपमा साबित हुने विश्वास व्यक्त गरे।
बैंकहरुको सहायक कम्पनीहरूलाई धितोपत्र व्यवसायीको अनुमति दिने कार्य ऐतिहासिक भएको र यसले समग्र पुँजीबजार विकासमा नयाँ आयाम थपेको उनले बताए।
नबिल बैंकले नेपालको पुँजी बजारमा नयाँआयाम थप्ने उद्देश्यका साथ आफ्नो पूर्ण स्वामित्वको सहायक कम्पनीको रूपमा नबिल स्टक डिलर कम्पनी खडा गरेको पौड्यालले बताए ।
Comments