कुमारी बैंकले पनि घटायो प्रिमियम दर
कुमारी बैंकले पनि कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ। आगामी पुस १६ गतेदेखि लागू हुने गरी कर्जाको प्रिमियम दरलाई अधिकतम ३.५ प्रतिशत राख्ने बैंकले जनाएको छ।
नयाँ दर फोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका कर्जा उपभोग गर्ने नयाँ तथा पुराना ग्राहकका लागि लागू हुनेछ।
आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३२० एटीएम, ६५ शाखारहित बैंकिङ एकाइ तथा ४९ एक्स्टेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेवा–सुविधा दिइरहेको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।
आर्थिक गतिविधि थप चलायमान होस् भन्ने उद्देश्यका साथ प्रिमियम दर घटाउने निर्णय गरिएको बैंकले जनाएको छ।
Comments