फोन पेबाट बाहिरिए विश्वास ढकाल, शशिन जोशी नयाँ अध्यक्ष
नेपालमा डिजिटल भुक्तानीलाई स्थापित गर्न सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका विस्वास ढकाल फोन पेको अध्यक्षबाट बाहिरिएका छन् । उनको ठाउँमा अब पूर्व बैंकर शशिन जोशी नयाँ अध्यक्ष बनेका छन् ।
फोन पे ‘एफवान सफ्ट’ कम्पनीको भगिनी संस्था हो । ढकाल झण्डै दुई दशकदेखि यो समूहको अध्यक्ष थिए। ‘एफवान सफ्ट ग्रुप’, ‘एफवानसफ्ट इन्टरनेशनल, फोन पे र इसेवाजस्ता सबै कम्पनीको अध्यक्षता गर्दै आएका ढकाल अहिले फोनपेबाट बाहिरिएका हुन् ।
उनले नेपालमा क्युआर भुक्तानीलाई स्थापित गर्न ठूलो भूमिका निर्वाह गरेका थिए । कोभीडको समयमा क्युआर प्रविधिलाई ब्राण्डिङ गर्न उनको महत्वपूर्ण भूमिका थियो । त्यसबेला नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न खुद्रा पसल र तरकारी बजारहरुमा पुगेर फोन पेको क्युआरबाट भुक्तानी गर्न प्रेरित गरेका थिए । यस घटनाबाट एउटा निजी कम्पनीको ब्राण्डिङमा गभर्नर नै उत्रिएको भनेर उनको विरोध पनि भएको थियो ।
Comments