कामना सेवा विकास बैंक र हातेमालो फाइनान्स सर्भिसबीच फाइभ इन वान सेवा सम्झौता
कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी हातेमालो फाइनान्स सर्भिस प्रा. लि.सँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ ।
यस सम्झौतापश्चात् बैंकका ग्राहक ग्राहकहरूले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता सिआस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्ने छन् ।
उक्त सेवा मार्फत आफ्ना ग्राहकहरूले सरल रूपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवाहरू उपलब्ध गराएको हो ।
काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरूमा १३५ वटा सञ्जालहरू, २१ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत ग्राहकहरूलाई आफ्नो सेवाहरू प्रदान गर्दै आएको छ ।
Comments