हायर पर्चेज कर्जाकाे सम्बन्धमा राष्ट्र बैंककाे नयाँ निर्देशन
२५ लाख माथिको हायर पर्चेज कर्जाको हकमा स्थायी लेखा नम्बर (प्यान नम्बर) अनिवार्य गरिएको छ । राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम प्रक्रियागत व्यवस्था, २०७० (चौथो संशोधन, २०८०) जारी गरी २५ लाख माथिको कर्जामा प्यान नम्बर अनिवार्य गरेको हो ।
२५ लाख कमको हायर पर्चेज कर्जा प्रवाह गर्दा भने प्यान नम्बर अनिवार्य नहुने उल्लेख छ । हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिँदा ब्याज बाहेक अन्य शुल्क तथा दस्तुर लिन नपाउने भनिएको छ ।
साथै, कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशत विन्दुभन्दा बढी नहुने गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ताको साँवा रकममा वार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधिका लागि कायम हुन आउने रकमभन्दा बढी लिन र पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुल उपर गर्न नपाउने उल्लेख छ ।
Comments