पिज्जा हटले ल्यायो नौलो स्वादको थिन क्रस्ट पिज्जा बजारमा

पिज्जा हटले नौलो स्वाद भएको थिन क्रस्ट पिज्जा बजारमा ल्याएको छ । विशेष रूपमा नेपालको लागि तयार गरिएको नौलो स्वाद भएको पिज्जा हटको मेनुमा उक्त पिज्जाको मूल्य चार सय ९९ रुपैयाँबाट सुरु हुने बताइएको छ ।

पिज्जा हटको ह्यान्ड क्राफ्टेड थिन क्रस्ट पिज्जाहरू नेपालभरको ग्राहकहरूका लागि उपलब्ध छ । पिज्जा उत्साहीहरूको ह्यान्ड क्राफ्टेड पिज्जाको बढ्दो मागलाई मध्यनजर गर्दै पिज्जा हट नेपालले नेपालको लागि विशेष रूपमा थिन क्रस्ट पिज्जा तयार गरेको हो, जुन १२ विभिन्न टोपिङहरूमा उपलब्ध छन् । ग्राहकहरूले डाइन–इन वा टेक–अवेको लागि आफ्नो नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्ने छन् र भोज, फुडमान्डु, पठाओ जस्ता एग्रिगेटरद्वारा डेलिभरीको लागि अर्डर गर्न पनि सक्ने छन् ।

सबै नियामक र आवश्यक स्वास्थ्य दिशानिर्देशहरू पालना गर्दै आएको पिज्जा हट नेपालले उत्कृष्ट गुणस्तर र स्वाद सुनिश्चित गर्नका लागि सबै खाद्य तयारीहरूमा ताजा र उच्च गुणस्तरका सामग्रीहरू प्रयोग गरेको जनाएको छ ।

Comments

Back to top