शास्त्र अनुसार सुनको चुरा लगाउँदा हुन्छन् यस्ता फाइदा
गुरुसँग सम्बन्धित धातु सुनले शरीरलाई शुद्ध मात्र नराखेर यसले रत्नहरुले जसरी कैयौं राशीहरुलाई फाइदा पनि गर्दछ । हातमा सुनको चुरा वा बाला लगाउँदा केयौं लाभहरु हुने बताइएको छ । आउनुहोस् जानौं ।
- सुनको सम्बन्ध बृहस्पति ग्रहसँग मानिएको छ । यस्तोमा सुनको चुरा धारण गर्नाले बृहस्पति ग्रह बलियो हुन्छ र जीवनमा धन तथा सुख समृद्धिको आगमन हुने मान्यता छ ।
- यदी विवाहित महिलाले सुनको चुरा लगाउँछिन् भने यसले वैवाहिक जीवन खुशियालीपूर्ण हुन्छ । यसले आपसमा प्रेम पनि बढ्छ ।
- रत्नशास्त्रका अनुसार हातमा सुनको चुरा लगाउँदा ग्रह दोषबाट पनि मुक्ति पाउन सकिन्छ । यो एउटा एकदमै राम्रो तथा भाग्यशाली धातु हो ।
- सुनको चुरा लगाउँदा भाग्योदय हुन्छ । साथमा चुरा लगाइरहने गरेमा जीवनमा खुशियाली आउने मान्यता रहेको छ ।
- रत्नशास्त्रलाई मान्ने हो भने हातमा सुनको चुरा लगाउँदा सन्तान सुखको कामना पनि पुरा हुन्छ । सुन लगाउँदा सन्तान पक्ष बलियो हुन्छ ।
- सुन एउटा शीतल धातु हो । यसलाई धारण गर्नाले शरीरसँगै मन पनि शीतल तथा शान्त रहन्छ ।
- सुनको चुरा लगाउनु एकदमै शुभ मानिन्छ। यसले ऋणबाट मुक्ति पाइन्छ र आयस्रोतमा वृद्धि हुन्छ ।
Comments