गोल्छा ग्रुपको बाइकर्स क्याफे नक्सालको नारायणचौरमा सञ्चालनमा
गोल्छा ग्रुपले नक्सालमा राइडरहरुलाई विशेष आकर्षित गर्ने उद्देश्य स्वरूप बाइकर्स क्याफे सञ्चालनमा ल्याएको छ । बजाज र केटीएम बाइक बिक्री गर्दै आएको गोल्छा अर्गनाइजेसनको लेगेसीलाई नयाँ आयाम दिँदै चौथो पुस्ता अभिमन्यु गोल्छाले नक्सालको नारायणचौरमा बाइकर्स क्याफे सञ्चालनमा ल्याएका हुन्, जसको शुक्रबार उद्घाटन गरिएको छ ।
हिमालयन जाभाले फुड र ड्रिंक सर्भ गर्ने क्याफेमा गोल्छा ग्रुपले बाइकका गियर र बाइक बिक्री गर्ने कम्पनीले जनाएको छ ।
यस क्याफेमा बाइक, कफी, फुड, राइडिङ गेयर डिस्प्ले हुनुका साथै बाइक खरिद गर्ने ग्राहकहरूसँग डिलिङ गरिने कम्पनीको भनाई छ ।
बाइक पारखीहरूका लागि विशेषगरी बजाज र केटीएमको बाइकिङको एम्बिएन्ससहित जावाको कफी एकै ठाउँमा उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
बाइकिङ गर्नेहरूले यही क्याफेमा बसेर साथीभाइसँग गफगाफ, मिटिङ, टुर प्लानिङ लगायतका कुराहरू गर्ने वातावरण सिर्जना गर्नु कम्पनीको उद्देश्य रहेको सञ्चालक अभिमन्यु गोल्छा बताउँछन् । यसका लागि क्याफेको माथिल्लो तलामा दुई वटा मिटिङ स्पेस पनि निर्माण गरिएको छ ।
करिब २ करोड लगानीमा सञ्चालन गरिएको बाइकर्स क्याफेमा एक पटकमा सय जना भन्दा बढी ग्राहक अटाउने क्षमता रहेको छ ।
Comments