नेपाल लाइफ इन्स्योरेन्स नतिजामुखी जीवनबीमा कम्पनीको रुपमा भारतमा सम्मानित
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भारतमा आयोजित आईसीसी इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड २०२३ वितरण समारोहमा उत्कृष्ट नतिजा निकाल्न सक्ने जीवन बीमा कम्पनीको रुपमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । भारतीय चेम्बर अफ कमर्सद्वारा आयोजित आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड २०२३ समारोहमा सिईओ प्रविन रमण पराजुलीलाई अन्तर्राष्ट्रिय अवार्डसहित सम्मान गरिएको हो ।
भारतको मुम्बईमा बुधबारबाट सुरु भएको सो कार्यक्रमको दोस्रो सत्र बिहिबार आयोजित भव्य समारोहका बीचमा सिईओ पराजुलीले एशियन स्तरको उक्त पुरस्कार ग्रहण गरेका छन् । नेपाल लाईफले बेष्ट आउट स्टाण्डिङ पर्फमेन्ट इन लाईफ इन्स्योरेन्स इन्डष्ट्रिज अवार्ड प्राप्त गर्न सफल भएका छन् ।
नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरु मध्ये नेपाल लाइफ सबैभन्दा ठूलो र उत्कृष्ट जीवन बीमा कम्पनी हो । एक खर्ब ७५ अर्ब जीवन बीमा कोषसहित देश विकट क्षेत्रमा समेत बीमाको विकासमा नतिजामुखी भूमिका खेलेर योगदान पुर्याएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनी सम्मानित भएको छ ।
Comments