यी पाँच रोग हुन् महिलाका लागि ‘साइलेन्ट किलर’
खराब जीवनशैलीका कारण महिलाहरुमा ‘साइलेन्ट किलर’ रोगहरुको खतरा कैयौं गुणा बढेर गइरहेको छ। यस्ता रोगको लक्षण शुरुवाती चरणमा थाहै हुँदैन तर पछि गएर यीनले ज्यानै लिन पनि सक्छन् । आज हामी त्यस्तै केही रोगका लक्षणबारे कुरा गर्नेछौं ।
क्यान्सर
क्यान्सरले शरीरका फरक फरक अंगलाई आफ्नो शिकार बनाउँछ । यस्तोमा समयअघि नै यसबारेमा थाहा भयो भने उपचार सम्भव हुन्छ । क्यान्सर हुँदा धेरै कमजोर तथा धेरै भोक लाग्ने जस्ता लक्षण देखिन्छन् ।
एनीमिया
महिलाहरुमा रगतको कमीले गर्दा एनीमिया हुने गर्छ । एनीमिया हुँदा शरीरमा रक्तकोषिकाहरुको कमी हुन थाल्छ । यसबाहेक शरीरमा कमजोरी तथा स्वास लिन पनि समस्या हुने जस्ता लक्षण देखिन्छन् ।
मधुमेह
बदलिँदो जीवनशैली र खराब खानपानले गर्दा महिलाहरुमा मधुमेहको समस्या पनि तीव्र गतिमा बढ्दै गइरहेको छ । समयमै यसको उपचार तथा ख्याल गरिएन भने यसले ज्यान लिन पनि सक्छ । मधुमेह भएको अवस्थामा लगातार पिसाब लाग्नु वा कमजोरी महसुस हुने जस्ता लक्षण देखिन्छन् ।
रक्तचाप
उच्च रक्तचाप मुटुसँग जोडिएको विमारीको सबैभन्दा ठूलो कारण बन्छ । हृदय घातलाई ‘साइलेन्ट किलर’ को नामले पनि चिनिन्छ । कमजोरी, बेहोस हुनु तथा रिंगाटा लाग्नु यसका मुख्य लक्षणभित्र पर्छन् ।
अस्टियोपोरोसिस
यो पनि महिलाहरुमा देखिने गम्भीर विमारी भित्र पर्छ। यसमा शरीरका हड्डीहरु कमजोर हुन थाल्छन् । अस्टियोपोरोसिस हुँदा हड्डी दुख्ने, कमजोर हुने जस्ता लक्षणहरु देखिन्छन् ।
Comments