जाडोमा राती दैनिक एक चम्चा मह खानुका फाइदा
त्यसो त अर्गानिक तथा मिसावट नभएको मह स्वास्थ्यका लागि सधैं नै फाइदाजनक हुन्छ । अझ विशेषगरी यो जाडोको मौसममा शरीरका लागि लाभदायक हुन्छ । यसलाई कैयौं तरिकाले प्रयोग गर्न सकिन्छ । त्यस्तै एउटा उपाय छ रातको समयमा एक चम्चा मह खाँदा पनि यसका धेरै फाइदाहरु छन् ।
महले राम्रो निद्रा लगाउन सहयोग गर्छ । जसले गर्दा तनाव तथा चिन्ता जस्ता समस्याहरुबाट राहत पाउन सकिन्छ ।
जाडोको समयमा मह खानाले पेट सम्बन्धी विमारी जस्तै कब्जियत, पेट फुल्ने, अपच जस्ता समस्याहरु टाढा रहन्छन् । यसका लागि तातो पानीमा रातको समयमा एक चम्चा मह मिसाएर पिउनुहोस् ।
यदी तपाईं तौल कम गर्न चाहानुहुन्छ भने महलाई आफ्नो खानपानमा समावेश गराउनुहोस् । यसले मेटाबोलिज्म बढाउन सहयोग गर्छ ।
जाडोमा नियमित रुपमा मह सेवन गर्नाले एनिमिया जस्तो समस्या हुँदैन । यसले हेमोग्लोबिन बढाउन एकदमै सहयोग गर्छ ।
महमा पाइने औषधीय गुणले कैयौं प्रकारका विरामीहरुलाई टाढा राख्छ । यसले आँखाको रोशनी पनि सही रहन्छ ।
महको सेवनले हृदय सम्बन्धी रोगहरुलाई टाढा राख्ने काम गर्छ । यसमा पाइने एन्टीअक्सीडेन्ट गुणले मुटुलाई स्वस्थ राख्छ ।
महको सेवन छालाका लागि पनि त्यत्तिकै फाइदाजनक हुन्छ । यसमा हुने एन्टीब्याक्टेरियल गुणले अनुहारलाई बेदाग राख्न सहयोग गर्छ ।
Comments