कुमारी बैंकको आकर्षक ‘गज्जबको बचत’ खाताः उच्च ब्याज सहित स्वास्थ्य बीमा सुविधा पाइने

बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितको परिमार्जित सुविधा सहित “गज्जबको बचत खाता” योजना सार्वजनिक गरेको छ । न्युन्तम मौज्दात रु १,००० रहेको यस खातामा बैंकले सर्वाधिक उच्च ब्याजदर ७.५१ प्रतिशत प्रदान गर्नेुका साथै २० हजार सम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क क्रेडिट/डेबिट कार्ड समेत उपलब्ध गराउने छ ।

बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समुहका खातावालाले रु २०,००० सम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । बैंकले आफ्ना बचत खाताहरुमा थप परिमार्जन तथा स्तरवृद्धि गर्दै ग्राहक मैत्री तथा समय सान्दर्भिक बनाउँदै थप सेवा प्रदान गर्दै जाने विश्वास लिएको छ ।

Comments

Back to top