मंसिर महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक
मंसिर महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर कात्तिकको तुलनामा घटेको छ ।
माछापुच्छ्रे बैंकको मात्र मुद्दति निक्षेपको ब्याजदर बढेको छ । ६ वटाको भने कात्तिक महिनाकै यथावत रहेको छ । औसतमा २० वाणिज्य बैंकहरुले ०.३३ प्रतिशतले ब्याज घटाएका छन् ।
कात्तिक महिनामा यी बैंकहरुको औसत ब्याजदर ९.९६ प्रतिशत थियो । अहिले घटेर ९.६३ प्रतिशत कायम भएको छ ।
यता, सबैभन्दा धेरै एनआइसी एसिया बैंकले ब्याजदर घटाएको छ । कात्तिकमा ११ प्रतिशतसम्म ब्याज दिंदै आएको यस बैंकले मंसिरमा भने ८.९६ प्रतिशतसम्म ब्याज दिने भएको छ ।
सबै भन्दा धेरै हिमालयन बैंकले १०.६० प्रतिशत मुद्दति निक्षेपमा ब्याजदर तोकेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार हाल सीडी रसियो ८१.३१ प्रतिशतमा झरेको छ ।
त्यसैले, बैंकमा तरलता प्रसस्त रेहको देखिन्छ । निक्षेप संकलन बढ्दै गएपछि बैंकहरुले ब्याजदर घटाएका हुन् ।
Comments