हाम्रो पेबाट भाटभटेनीको भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाइने
डिजिटल वालेट हाम्रो पेबाट भाटभटेनीको भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाइने भएको छ ।
नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोभित्र रहेको डिजिटल वालेटको मर्चेन्ट नेटवर्कमा भाटभटेनी समेत समावेश भएको हो । भाटभटेनी, हाम्रो पे र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ९एनआईएमबी० बीचको सहकार्यमा यो अफर ल्याइएको उल्लेख छ । एनआईएमबी हाम्रो पेको सेटलमेन्ट बैंक समेत हो ।
यद्यपि यस्तो छुट रकम अधिकतम २०० रुपैयाँसम्म हुने कम्पनीले जनाएको छ । यस्तो क्याशब्याक प्राप्त गर्न तपाईंले भाटभटेनीको काउण्टरमा हाम्रो पे क्यूआर अनुरोध गरी हाम्रो पे वालेटबाट भुक्तानी गर्नुपर्ने हुन्छ ।
Comments