सानिमा माई हाइड्रोपावर लिमिटेडद्वारा पहिलो त्रैमाससम्म ३२ करोड ९८ लाख रूपैयाँभन्दा बढीको विद्युत बिक्री

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सानिमा माई हाइड्रोपावर लिमिटेडले ३२ करोड ९८ लाख रूपैयाँभन्दा बढीको विद्युत बिक्री गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्म ३२ करोड १७ लाख रूपैयाभन्दा बढीको विद्युत विक्री गरेको कम्पनीले यस वर्ष साढे २ प्रतिशत बढीको विद्युत बिक्री गरेको हो ।

कम्पनीको खुद नाफा करिब ६ प्रतिशत बढेको छ । गत वर्ष २३ करोड २४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष २४ करोड ६२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीका खुद नाफा करिब ६ प्रतिशत बढेको हो ।

यस वर्ष कम्पनीको वित्तीय खर्च साढे १९ प्रतिशत घटेको छ । गत वर्ष ३ करोड ३२ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष २ करोड ६७ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रूपैयाँ रहेको छ । 

Comments

Back to top