नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायो सर्वाधिक नाफा
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ ।
बैंकले असोज मसान्तसम्म १ अर्ब ५२ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा १ अर्ब १४ करोडमा सीमित थियो ।
अघिल्लो वर्षको पहिलो त्रैमासमा १ अर्ब ६२ करोडमा सीमित सञ्चालन मुनाफा समेत बढाएर २ अर्ब ६० करोडको उचाईमा पुर्याएको छ ।
यस्तै, अघिल्लो वर्ष २ अर्ब १२ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर ४ अर्ब १६ करोड माथि पुगेको छ।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १७.८४ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष २४.९२ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात निकै लोभलाग्दो ९.८१ गुणा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १७३.३७ रुपैयाँ रहेको छ ।
बैंकले समीक्षा अवधिसम्म ३ खर्ब ६१ अर्ब बढी निक्षेप संकलन गरी ३ खर्ब ४ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ३ खर्ब ५४ अर्ब बढी निक्षेप संकलन गरी ३ खर्ब ३ अर्ब बढी कर्जा परिचालन गरेको थियो ।
Comments