नविल बैंकले इलेक्ट्रिक स्कुटर किन्न क्रेडिट कार्डमार्फत कर्जा सुविधा दिने

नविल बैंकले इलेक्ट्रिक स्कुटर किन्न क्रेडिट कार्डमार्फत कर्जा सुविधा दिने भएको छ । कर्जा सुविधासम्बन्धी बैंकले ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिसँग सम्झौता गरेको हो ।

बैंकका अनुसार नबिलमा खाता भएका ग्राहकले यो सुविधा लिन सक्नेछन् । स्कुटर किन्दा २ लाखसम्म कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । साथै यो सुविधा अनलाइनमार्फतबाट पनि लिन सकिन्छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले आवश्यक कागजातसहित एफडी मोटर्सको सोरुममा गएर क्रेडिट कार्डमार्फत किस्ता तिरेर इलेक्ट्रिक स्कुटर खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

Comments

Back to top