अन्डा धेरै खाँदा हुन्छ कब्जियत
ब्रेकफास्ट होस् वा दिउँसोको खाजा, धेरैको रोजाइमा पर्ने खानेकुरा हो, अण्डा । अण्डामा धेरै किसिमका भिटामिन तथा खनिज पाइने हुँदा यसलाई ‘सुपर फुड’ मानिन्छ । त्यसैले अण्डा खानु स्वास्थ्यका लागि धेरै फाइदाजनक मानिन्छ ।
यसमा प्रोटिन, भिटामिन डी, भिटामिन बी १२ र हेल्दी फ्याट पाइन्छ । यति धेरै पोषक तत्त्व भए पनि धेरै अण्डा सेवन गर्नु पनि स्वास्थ्यका लागि हानिकारक हुनसक्छ ।
यसमा कोलेस्ट्रोल उच्च हुन्छ र अण्डाको प्रभाव तातो हुन्छ । त्यसैले सीमित मात्रामा अण्डा खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । मुटु रोगीलाई पनि धेरै अण्डाको सेवन गर्न निषेध गरिएको छ । कुनै पनि रोग वा समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाहबिना अण्डा खानु हुँदैन ।
धेरै अण्डा खाए के हुन्छ ?
पखाला :
अण्डा धेरै खाँदा पखाला लाग्न सक्छ । यसले शरीरलाई निकै कमजोर बनाउँछ । त्यसैले एकैपटक धेरै अण्डा खानु हुँदैन ।
कब्जियत :
अण्डा बढी खाँदा पाचन प्रणालीमा प्रत्यक्ष असर पर्छ, जसले कब्जियत हुन सक्छ । कतिपय अवस्थामा पेट फुल्ने, पेटमा जलन हुने र ग्यासको समस्या हुने सम्भावना हुन्छ ।
कोलेस्ट्रोल :
अण्डाको पहेँलो भागमा हेल्दी फ्याट पाइन्छ । यो स्याचुरेटेड फ्याट जत्तिकै हानिकारक हुँदैन । तर उच्च कोलेस्ट्रोलको समस्या भोगिरहेकाहरूले अण्डा कम खानुपर्छ ।
Comments