भी२९ई फाइभजी कात्तिक २० गते सार्वजनिक गर्ने तयारीमा भिभो

टेक्नोलोजी ब्रान्ड भिभोले आफ्नो फ्ल्यागसिप भी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन यही कात्तिक २० गते सार्वजानिक गर्ने भएको छ । केही समयअघि भी२९ फाइभजी सार्वजनिक गरेपछि भिभोले भी२९ई फाइभजी सार्वजनिक गर्ने तयारी गरेको हो ।

कम्पनीका अनुसार प्रयोगकर्ताहरूले यो बहुप्रतिक्षित नयाँ भी२९ई फाइभजीको कात्तिक १६ गतेदेखि १९ गतेसम्म प्रि–बुकिङ गर्न सक्नेछन् । यो नयाँ स्मार्टफोनको समावेशले भिभोको उत्पादन दायरालाई फराकिलो बनाउँदै, नवीनतामा केन्द्रित हुने कम्पनीको अटल प्रतिबद्धतालाई जोड दिएको बताइएको छ । कम्पनीका अनुसार भी२९ई फाइभजीले उत्कृष्ट क्यामेरा सेटअप, लक्जरियस डिजाइनको साथै मोबाइल टेक्नोलोजी र भिजुअल अपिएरेन्सको नयाँ मापदण्डहरू कायम गर्दछ ।

भिभो भी२९ई फाइभजीमा तीव्र डाउनलोडहरू, स्मुद स्ट्रिमिङ, र ल्याग–फ्रि गेमिङलगायतका आकर्षक विशेषताहरू छन् । यसको एक्सक्लुसिभ स्मार्ट औरा लाइट टेक्नोलोजीमा स्मार्ट कलर टेम्प्रेचर एडजस्टमेन्ट राखिएको छ, जसले कम प्रकाशमा पनि उत्कृष्ट र सार्प पोट्र्रेहरू सुनिश्चित गर्दछ ।

Comments

Back to top