राष्ट्र बैंकले मुद्दति निक्षेपमा १७ करोड ६७ लाख रुपैयाँ लगानी गर्दै

राष्ट्र बैंकले मुद्दति निक्षेपमा १७ करोड ६७ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको छ । राष्ट्र बैंकले २०८० मंसिर ४ गतेदेखि २०८१ मंसिर ३ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो ।

मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले कात्तिक १५ गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १४ करोड १४ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा २ करोड ६५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ८८ लाख रुपैयाँ लगानी गर्न लागेको हो।

आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा कुल कर्जा सापटको ५५ भन्दा कम भएको हुनुपर्नेछ । यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने लगायतका शर्त केन्द्रीय बैंकले तोकेको छ ।

Comments

Back to top