जोर्नी दुखाईको अचुक औषधि ज्वानो, जान्नुहोस् अन्य फाइदा पनि!

ज्वानो नेपाली भान्सामा व्यापक प्रयाेग गरिन्छ । प्राकृतिक औषधिको गुणले भरिपूर्ण ज्वानो स्वास्थ्यका लागि स्वास्थ्यवर्धक मानिन्छ । धेरै जसो नेपाली भान्सामा यसको दाना प्रयोगमा आउँछ तर के तपाइलाई थाहा छ ? यसको दाना सँगै तेल पनि प्रभावकारी छ ।

ज्वानोको तेलमा अल्फा टेरपिनोल, एनेथोल, थाइमोल, अक्सिजनयुक्त कम्पाउन्ड, मोनोटेर्पिन जस्ता पौष्टिक तत्वहरु पाइन्छन् । जसले प्राकृतिक तरिकारले काम गर्छ । यसको तेल खाना अपचको समस्यादेखि छालाको सौन्दर्यतासम्म फाइदाजनक छ ।

ज्वानोको तेल जोर्नी दुखाइको पनि अचुक औषधि हो । हामीले दैनिक भान्सामा प्रयोर्ग गर्दै आएको ज्वानोको फाइदाबारे जानौं :

स्वस्थ मुटुको लागि ज्वानो
ज्वानो मुटु स्वस्थ राख्न पनि खान सकिन्छ । यसमा यस्ता धेरै औषधिय गुण र तत्वहरु हुन्छन् जुन एक स्वस्थ मुटुका लागि आवश्यक पर्छ । मुटु स्वस्थ राख्न दैनिक ज्वानोको सेवन तरकारीमा पनि गर्न सकिन्छ । यसको काडा बनाएर खाँदा पनि हुन्छ ।

रक्तचाप नियन्त्रणमा ज्वानो

यसमा रक्तचाप नियन्त्रण गर्ने क्षमता पनि भरिपूर्ण हुन्छ । दैनिक ज्वानोको केही मात्रा सेवनले उच्च रक्तचापलाई नियन्त्रणमा राख्छ ।

पेटको अल्सर र फंगल संक्रमणमा ज्वानो

पेटको अल्सरले धेरै व्यक्तिलाई सताउने गर्छ । ज्वानोमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । जसले पेट सम्बन्धी समस्याबाट राहत दिन्छ । ज्वानोमा थाइमोल नामक एक विशेष तत्व पाइन्छ । यसले पेटको अल्सर हुन दिँदैन । ज्वानोमा एन्टिब्याक्टेरियल गुणका साथै एन्टिफङ्गल प्रभावहरू हुन्छन् । जसले फंगल इन्फेक्सनबाट बचाउँछ । घाउचोट लागेको समय पनि ज्वानो प्रभावकारी हुन्छ । घाउमा यसको तेल लगाउनाले घाउ चाँडो भरिन्छ । ज्वानोको तेल अन्य तेल भन्दा कडा हुने हुँदा यसलाई नरिवलको तेलमा मिसाएर लगाउन सकिन्छ ।

Comments

Back to top