सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एपमा नँया सुविधा थप
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग एपमा नँया सुविधाहरु थप गरेको छ। डिजिटल बैंकिङ्गलाई सधैं प्राथमिकतामा राख्दै आएको यस बैंकले हाल मोबाइल बैंकिङ्ग एपमा थप नँया सुविधा एप मार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाहरुको अतिरिक्त अन्य उपयोगी सेवाहरु थप गरेको हो ।
बैंकले आफ्ना बिशेष ग्राहकहरुलाई लक्षित गरी मोबाइल मार्फत प्रिभिलेज बैंकिङ्ग सेवा सुरु गरेको छ। यस अघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरु मार्फत प्रिभिलेज बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ्ग एप मार्फत नै प्रिभिलेज सेवाहरु प्रदान गर्नेछ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकका तोकिएका सम्पर्क अधिकृतहरु मार्फत बिना मर्चेन्ट बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।
यसै गरि बैंकले, आफ्नो एप मार्फत नेपालपे को क्युआर सञ्चालनमा ल्याएको छ । अब बैंकका ग्राहकहरुले फोनपे का अतिरिक्त नेपालपे को क्युआर कोड समेत स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । यसका साथै बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी ग्राहकहरुले चेक रोक्का राख्ने लगायतका थप सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
Comments