विकास बैंकहरुले पनि घटाए ब्याजदर

कात्तिक महिनाको लागि विकास बैंकहरुले पनि ब्याजदर घटाएका छन् । बैंकहरुले हालै मात्र सार्वजनिक गरेको ब्याजदरअनुसार सबै विकास बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर असोजको तुलनामा कात्तिक महिनामा घटाएका हुन् ।

पछिल्लो समय बैंकहरुमा थुप्रिएको तरलताको कारण कर्जा विस्तार हुन नसकेको देखिन्छ । जसको कारण बैंकहरुले ब्याजदर घटाउनुपर्ने आवश्यकता थियो ।

निक्षेपको ब्याजदर परिवर्तन गर्दा बैंकहरुले औसत १० प्रतिशत विन्दुले परिवर्तन गर्न पाउने व्यवस्था छ । सोहीअनुरूप, विकास बैंकहरुले निक्षेपको ब्याजदर घटाएर सार्वजनिक गरेका हुन्। 

 

Comments

Back to top