गरिमा विकास बैंकको डेबिट क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% नगद फिर्ता योजना

नेपालीहरुको महान चाड बडादसैंलाई लक्षित गरी गरिमा विकास बैंकले नगद फिर्ता योजना सार्वजनिक गरेको छ । बैंकले कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म नगद फिर्ता योजना ल्याएको हो ।

यस योजनाअन्तर्गत बैंकको डेबिट क्रेडिट कार्ड प्रयोगकर्ताले विकास बैंकको एउटा कार्डबाट अधिकतम २०० सम्म नगद फिर्ता पाउन सक्नेछन् । नगदरहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्द्धन गर्न सार्वजनिक गरिएको यस योजनाको अवधि असोज २८ देखि कात्तिक ७ सम्म रहेको बैंकले जनाएको छ ।

Comments

Back to top