कार्तिकदेखि अधिकांश वाणिज्य बैंकहरुले व्याजदर घटाउने
कार्तिकदेखि अधिकांश वाणिज्य बैंकहरुले व्याजदर घटाउने संकेत गरेका छन् । लामो समयको कार्टेलिङ खारेजी भएपनि साउन १ बाट लगातार व्याज बढेको थियो । सहमति खारेजपछि निक्षेपको व्याज घट्छ र त्यसले ऋणको व्याज पनि घटाउँछ भन्ने धेरैको अनुमान थियो । त्यस विपरीत साउनबाट असोजसम्म लगाचार व्याज बढेको छ । राष्ट्र बैंकको मौद्रीक नीतिले औषतमा १० प्रतिशत भित्रै रहेर व्याजदर कायम गर्न भनेकामा साउनदेखि निरन्तर बैंकहरुले निक्षेपको व्याज दर बढाइरहेका छन् ।
९.९९ प्रतिशतमा झरेको मुद्दती निक्षेपको अधिकतम व्याज अहिले ११.०५४ प्रतिशतमा बढि सकेको छ । बचतको व्याज पनि त्यसै अनुपातमा माथि चढेको छ । सरकारले बिना व्याज स्थानीय तहको ६० अर्ब रुपैयाँ उपलब्ध गराउँदा समेत बैंकहरुले निक्षेपको व्याजदर बढाउन छोडेको थिएनन । कार्टेलिङ खारेजी पछि अहिले सम्बन्धित बैंकले नै व्याज तोक्ने गरेको छ।
कार्तिकमा २० मध्ये अधिकांशले व्याज घटाउने सम्भावना देखिएको छ । कात्तिकमा दशैँ र तिहार विदाका कारण कुल मिलाएर १६ दिन कार्यालय खुल्ने छन् । र, त्यस्तो अवस्थामा ठूलो कारोबार केही नहुने भएकाले निक्षेपको व्याज बढाइरहनु उपयुक्त नहुने मनसाय उनीहरुले बनाएका छन् ।
Comments