सिटिजन्स बैंकको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित
सिटिजन्स बैंक इन्टरनेसनलको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न बैंकको १७औं वार्षिक साधारणसभपछि बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो।
पाण्डे यसअघि बैंकको सञ्चालक थिए। बैंकका संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका पाण्डे बैंकका प्रमुख लगानीकर्ता पनि हुन्।
अध्यक्ष चयनपछि उनले बैंकलाई नयाँ उचाइमा पुर्याउने प्रतिवद्धता जनाएका छन्। उनले बैंकको संस्थागत सुशासनलाई सुदृढ बनाउँदै नयाँ प्रविधिमा आधारित बैंकिङलाई प्राथमिकतामा राख्ने र सेवा बिस्तार गर्ने बताए।
Comments