पानीको जारमा लामखुट्टेको लार्भा भेटिएको भन्दै पशुपति स्प्रिङ वाटर उद्योगलाई रु एक लाख जरिवाना
काठमाडौँ महानगरपालिकाले पशुपति पानी उद्योगलाई जरिवानाको निर्देशन दिएको छ ।
बुढानिलकण्ठमा रहेको पशुपति स्प्रिङ वाटर उद्योगले उत्पादन गरेको पानीमा लामखुट्टेको लार्भा भेटिएको भन्दै रु एक लाख जरिवाना गरिएको महानगरका अनुगमन निरीक्षक डा. अवधेश झाले जानकारी दिए ।
बिक्री गर्न ल्याइएको जारमा लामखुट्टेका लार्भा भेटिएको थियो । महानगरले कम्पनीलाई जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन दिएको छ ।
Comments