अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ्ग एपबाट नेपाल पे क्यूआरबाट भुक्तानी गर्न सकिने

अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ्ग एपबाट नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ग्राहकहरूले अब जुनसुकै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ प्रयोग गरी नेपाल पे क्यूआर स्क्यान गरी मर्चेन्टलाई भुक्तानी गर्न सक्नेछन्।

त्यसैगरी अधिकांश विकास बैंकहरु, फाइनान्स कम्पनीहरू,वालेटहरू र कनेक्ट आइपीएस मोबाइल एपबाट पनि नेपाल पे क्यूआर स्क्यान गरी मर्चेन्टलाई तुरुन्तै भुक्तानी गर्न सकिन्छ । नेपाल पे क्यूआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ्ग वा वालेटको प्रयोगकर्ताले क्यूआर स्क्यान गर्न अप्सन नेपाल पेमा गई लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।

Comments

Back to top