मुस्ताङ एयरले तीन वर्षपछि थप्यो एक नयाँ हेलिकप्टर
निजी क्षेत्रको हेलिकप्टर सेवाप्रदायक मुस्ताङ एयरले करिब तीन वर्षपछि एक नयाँ हेलिकप्टर थप गरेको छ।
२०७७ कात्तिकमा पहिलो हेलिकप्टर किनेर उडान शुरु गरेको मुस्ताङले मंगलबार अर्को एक नयाँ हेलिकप्टर काठमाडौं भित्र्याएको छ । नयाँ हेलिकप्टर थप भएसँगै यसको जहाज संख्या २ वटा पुगेको छ ।
एउटा मात्रै हेलिकप्टर भएको यो वायुसेवा कम्पनीले प्राविधिक समस्या हुँदा उडान बिहिन हुनुपरेको थियो । अब हेलिकप्टरको संख्या थप भएसँगै हेलिकप्टर सेवालाई समेत थप प्रभावकारी बनाउँदै जाने जानकारी दिए मुस्ताङले दिएको छ ।
Comments