एनआइसी एसिया क्यापिटल र फोन पेबीच सहकार्यका लागि सम्झौता
एनआइसी एसिया क्यापिटल र फोन पेबीच सहकार्यका लागि सम्झौता भएको छ । एनआइसी एसिया क्यापिटलबाट उपलब्ध हुने सेवासहित धितोपत्र बजार, लगानी व्यवस्थापन सेवा तथा लगानी व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउनेसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको हो ।
सम्झौताअनुसार एनआइसी एसिया क्यापिटलले फोन पेमा कार्यरत कर्मचारीलाई लगानी व्यवस्थापन र लगानी व्यवस्थापन परामर्श, निःशुल्क डिम्याट, मेरो सेयर खाता, एसआइपीका विशेषता, सहभागी हुने तरिका तथा फाइदाका साथै धितोपत्रको दोस्रो बजार, मुद्रा बजार उपकरण, दोस्रो बजारमा सूचीकृत कम्पनीमा लगानीसम्बन्धी आवश्यक तालिम तथा प्रशिक्षण प्रदान गर्नेछ ।
Comments