गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको चौथो उपशाखा बुटवलमा विस्तार

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बुटवलमा उपशाखा स्थापना गरेको छ । सोमबार एक समारोहबीच गार्डियनले चौथो उपशाखाको रुपमा बुटवल उपशाखाको सुभारम्म गरेको हो ।

यसअघि गार्डियनले नुवाकोट, वाग्लुङ, स्याङ्जामा उपशाखा विस्तार गरिसकेको छ । सोमबार बुटवल उपशाखाको सुभारम्भ गर्दै बुटवल उपमहानगरकी उपमेयर शावित्री अर्यालले आगामी दिनमा गार्डियनसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाईन् ।

विराटनगरमा केन्द्रीय कार्यालय रहेको गार्डियनले मंगलबार भरतपुरमा शाखा विस्तार गर्ने कार्यक्रम राखेको छ । गएको असार २२ देखि कारोबार सुरु गरेको गार्डियन माइक्रो लाइफले छोटो समयमा ५ ठाउँमा शाखा र उपशाखा विस्तारको काम सम्पन्न गर्दैछ ।

बीमा कम्पनीहरु संघीय राजधानी तथा बाग्मती प्रदेश मात्रै केन्द्रीत भएको टिप्पणी भइरहेका बेला गार्डियन माइक्रो लाइफले ग्रामीण भेगमा रहेका न्यून आए भएका तथा आर्थिक रुपमा विपन्न नागरिकहरुको जीवन सुरक्षार्थ अभियान सुरु गरेको छ ।

 

Comments

Back to top