कुमारी बैंकको ‘टिका अघि नै दक्षिणा’ योजना
कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दसैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधासहित ‘टीकाअघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।
यस योजनामा कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५ सय १ रुपैयाँसम्म क्यासब्याक दिइने छ ।
क्यासब्याक रकम पीओएस, क्यूआर पेमेन्ट रेमिट तथा अनलाइन पेमेन्टबाट गरीने कारोबारमा प्रदान गरिनेछ । चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी असोज २८ देखि कात्तिक ५ गतेसम्म लागू हुने जनाएको छ ।
Comments