गरिमा विकास बैंकको क्रेडिट कार्डमा ईएमआई सुविधाको सुरुवात

गरिमा विकास बैंकले दसैँ तथा तिहारको अवसर पारेर विकास बैंकहरूमा नै पहिलोपटक क्रेडिट कार्डमा ईएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुवात गरेको छ ।

बैंकले चाडबाडमा सामान खरिद गर्न मन हुने तर तुरुन्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकहरूले यो सुविधामार्फत लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।

‘आज किन्नुहोस् र पछि तिर्नुहोस्’ सिद्धान्तमा आधारित रहने क्रेडिट कार्ड सुविधा गरिमा विकास बैंकले आफ्ना ग्राहक महानुभावहरूका लागि केही समयअगाडि नै सुरुवात गरिसकेको छ । यही सेवालाई थप ग्राहकमैत्री बनाउने उद्देश्यले यस बैंकले क्रेडिट कार्डमा ईएमआई सेवा सुरु गरेको हो ।

यस सेवाअन्तर्गत बैंकले सम्झौता गरेका बिक्रेताहरूसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकैपटक नभई शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीले तिर्न सकिने बैंकले जनाएको छ। साथै, यदि ग्राहक आफैँले पनि अरु कतैबाट सामान खरिद गरी गरिमा विकास बैंकमा भ्याट बिल पेस गरी यो सुविधा लिन सक्ने बैंकले बताएको छ ।

Comments

Back to top