फूड डेलिभरी कम्पनी फूडमान्डुको ‘बडा दसैं बाइट्स’ नामक अफर क्याम्पेन

नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले विजया दशमीको अवसरमा ‘बडा दसैं बाइट्स’ नामक अफर क्याम्पेन ल्याएको छ।

उक्त क्याम्पेनमा उपभोक्ताले दुई वटा अफर प्राप्त गर्न सक्नेछन् । पहिलो अफर अन्तर्गत “बडा दसैं बाइट्स” मा हरेक दिन विभिन्न रेस्टुरेन्टहरूबाट २५% फ्ल्याट डिस्काउन्ट पाउन सकिनेछ ।

दोस्रो अफर अन्तर्गत “बडा दसैं कम्बो बाइट्स” मा ३० भन्दा बढी प्रख्यात रेस्टुरेन्टहरूबाट मन लोभ्याउने कम्बो खानाहरुमा ५० प्रतिशतसम्मको डिस्काउन्ट पाउन सकिनेछ ।

यसबारे फूडमान्डुकी ब्रान्ड एन्ड मार्केटिङ मेनेजर इनशा भट्टराईले उक्त अभियानमार्फत ग्राहकहरूसँग दसैं मनाउन पाउँदा अत्यन्तै उत्साहित भएको बताइन् । उक्त अभियान आगामी कात्तिक २ गतेसम्म चल्ने छ ।

Comments

Back to top