एनसेलले ल्यायो ‘अलवेज अन डेटा’, सोसल मिडिया प्याकमा इन्स्टाग्राम पनि
एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेटा प्याक ‘अलवेज अन डटा’ ल्याएको छ । यो प्याक सञ्चालनमा आएसँगै अब एनसेलका ग्राहकले करसहित मात्र रु १०० मा आफू जहाँ भए पनि लामो समयासीमा सहित मोबाइल डेटाको फाइदा लिन सक्छन् ।
यो डेटा प्याकमा ग्राहकले १ जीबी डेटा पाउँछन् र यसको प्रमुख विषेशता भनेको यो डेटा भोल्युम २८ दिनसम्म मान्य रहन्छ । ग्राहकहरूले एक्सट्रिक्स १७१२३ ह्यास डायल गरि प्राप्त जानकारी अनुसार यो प्याक सुरु गर्न सक्छन् ।
यसैगरी, एनसेलले आफ्नो विद्यमान सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम थपेको छ । ग्राहकले अब करसहित मात्र रु १९१ मा ७ दिनका लागि ननस्टप युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्रामको पनि पहुँचको फाइदा लिन सक्छन् । ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स५एस्ट्रिक्स६ह्यास डायल गरेर यो प्याक लिन सक्छन् ।
त्यस्तै, करसहित रु. ४५९ मा ग्राहकले फेसबुक, युट्युब, टिकटकका साथै इन्स्टाग्राम प्रयोग गर्न दैनिक २८ दिनसम्म १.५ जीबी डेटा लिन सक्छन् । यस बाहेक यो प्याकमा ग्राहकले ८ जीबी अल टाइम प्याक पनि पाउँछन् । २८ दिनको समयसीमा रहेको यो प्याक एस्ट्रिक्स१७१२३एस्ट्रिक्स५एस्ट्रिक्स७ह्यास डायल गरेर लिन सकिन्छ ।
Comments